
स्थानीय तह पुनःसंरचना आयोगका गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले सोमबार सिराहा र धनुषा जिल्लाबाट व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको हो ।
छलफल संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा स्थानीय विकास मन्त्रालयमा भएको थियो ।
छलफलमा सबै दलका सांसदको उपस्थिति हुन नसकेपछि संयोजक मन्त्री पाण्डेले जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दलका सांसदसँग छलफल गरेर समितिमा सुझाव दिन आग्रह गरेका छन् ।
समितिले आइतबार पनि सांसदहरुसँग छलफल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्