२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संसदीय व्यवस्थाविरुद्ध क्रान्ति आवश्यक : विप्लव


0
Shares

पार्टीको आठौं महाधिवेशनको आइतबार काठमाडौंमा उद्घाट्न समारोहलाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था कामै नलाग्ने भइसकेकाले अब वैज्ञानिक समाजवादले मात्र निकास दिने बताए ।

उनले पुष्पकमल दाहाल दुई–दुई पटक प्रधानमन्त्री भएर पनि जनता र कार्यकर्ताका लागि केही गर्न नसकेको, भारत सामु घुँडा टेकेको चन्दको आरोप थियो । बाबुराम भट्टराई र दाहालले देश र जनतालाई धोका दिएको भन्दै उनले कांग्रेस र एमालेले पनि जनतालाई छक्याएको आरोप लगाए ।

युवाहरुले खाडीमा गएर रगत, पसिना बगाएर पठाएको रेमिट्यान्समा नेताहरुले मस्ती गरेको आरोप लगाउदै उनले युवाहरुलाई फेरि एक पटक बन्दुक बोक्न आह्वान गरे ।

सो अवसरमा पार्टीका अन्य नेताहरुले समेत प्रधानमन्त्री दाहाल र डा. भट्टराईले जनतालाई धोका दिएको भन्दै चर्को आलोचना गरेका थिए । सो पार्टीको महाधिवेशनको बन्दसत्र भने रोल्पाको थवाङमा हुने जनाइएको छ ।

उद्घाटन समारोह अघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो ।