वैशाख/जेठमै निर्वाचन गराउने तयारी भइरहेको प्रधानमन्त्रीको दावी • Image Khabar Image Khabar


वैशाख/जेठमै निर्वाचन गराउने तयारी भइरहेको प्रधानमन्त्रीको दावी


Imagekhabar
२ फाल्गुन २०७३, सोमबार १३:५२

वैशाख/जेठमै निर्वाचन गराउने तयारी भइरहेको प्रधानमन्त्रीको दावी

छैटौं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघले गरेको कार्यक्रम प्रधानमन्त्री दाहालले माघ ७ भित्र तीनै तहको निर्वाचन सक्ने गरी तयारी भइरहेको बताए । उनले सबै समुदायलाई निर्वाचनमा सहभागि बन्ने वतावरण बनाउन केही समय लागेको पनि जिकिर गरे ।

दलहरुले आ–आफ्नो हठ छोडी संविधानलाई सर्वस्वीकार्य बनाएर निर्वाचनमा नगए मुलुक दुर्घटनामा पर्न सक्ने पनि उनले बताए ।

जनतालाई चेतना जगाउन रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री दाहालले रेडियोको प्रशंसा गरे । उनले रेडियोहरुलाई राज्यका तर्फबाट विशेष सहयोग गर्ने तयारीमा आफू रहेको आश्वासन पनि दिए ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि वर्षेनि फेब्रुअरी १३ का दिन रेडियो दिवस मनाउन थालिएको हो । नेपालमा २००३ सालमा काठमाडौंमा रेडियो प्रशारण शुरु भए पनि २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रुपमा रेडियो सञ्चालन शुरु भएको हो ।

एफएमको प्रसारण भने २०५२ सालदेखि शुरु भएको हो । अहिले मुलुकभर झन्डै ६ सयभन्दा बढी रेडियो सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्