एमाले भ्रातृसंगठन युवा संघको २८औं स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले ‘एमाले भारतविरुद्ध उफ्रिरहोस्, त्यसको फाइदा आफूले लिइरहन पाऊँ भन्नेहरुलाई मोदीको भ्रमण टाउको दुखाइ बनेको’ जिकिर गरे । नेपाल कांग्रेसका नेता गगन थापाले सोमबार संसदमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘संविधान संशोधन गर्न सकिनँ माफ पाऊँ भनेको छु र घुँडामा भ्वाङ पर्न…