Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


सुजाता निवासमा असन्तुष्टहरुको ‘लन्च मिटिङ’


0
Shares

काठमाडौं, मंसिर ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट कांग्रेस नेताहरुबीच मंगलबार पनि छलफल भएको छ ।

नेत्री सुजाता कोइरालाको निवास मन्डिखाटारमा असन्तुष्ट नेताहरुबीच ‘लन्च मिटिङ’ भएको हो ।

बैठकमा आगामी महासमिति बैठकका रणनीति र प्रस्तावित विधानका विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा नेताहरु कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेललगायत रहेका थिए ।