११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


शान्ति–प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन बाँस्तोलाको ठूलो योगदान : देउवा


0
Shares

काठमाडौं, मंसिर ११ । नेपाली कांग्रेसले नेता चक्रप्रसाद बाँस्तोलाको ४५औं पुन्यतिथिको अवसरमा मंगलबार देशभर श्रद्धाञ्जलिसभाको आयोजना गरेको छ ।

नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले शान्ति–प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेता बाँस्तोलाको ठूलो योगदान रहेको बताए ।

कार्यक्रममा सभामुख कृणबहादुर महरा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले नेपाली राजनीतिमा स्व. बाँस्तोलाले पुर्‍याएको योगदानको स्मरण गरेका थिए ।