३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


संघीयता घोषणा हुँदैमा त्यसले पूर्णता पाउँदैन : उपप्रम पोखरेल


0
Shares

विराटनगर, मंसिर ११ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संघीयता घोषणा हुँदैमा त्यसले पूर्णता नपाउने बताएका छन् ।

मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा उनले प्रशासनिक र वित्तीय हिसाबले पनि संघीयताले आकार लिनुपर्नेमा जोड दिए ।

संघीयताले प्रशासनिक र वित्तीय हिसाबले पूर्णता नपाएमा जनताले फेरि पनि दुःख पाउने अवस्था आउने उनको भनाइ थियो ।