८ महिनाभन्दा लामो समयदेखि चलेको एकता प्रक्रिया बिहीबार टुंगोमा पुग्ने दावी नेताहरुले गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले दुई पार्टी एकीकरणको घोषणा बिहीबार गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बस्ने दुई पार्टीबीचको एकता संयोजन समितिको बैठकले एकीकरणको अन्तिम निर्णय गर्ने र त्यसपछि दुवै पार्टीका केन्द्रीय कमिटी बैठकबाट…