काठमाडौं, मंसिर १३ । विधान संशोधन मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार अपराह्न सुरु भएको बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल सुरु भएको पार्टी कार्यालयले जनाएको छ ।
यसअघि, मंसिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय दिएको थियो ।
यसअघिको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेस गरेको थियो ।
कांग्रेसले मुलुकको संघीय संरचनाअनुसार पार्टीको विधान समयानुकूल परिमार्जन गर्न महामन्त्री खड्काको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।
कांग्रेसले विधान परिमार्जनका लागि यही मंसिर २८ देखि पुस ३० गतेसम्म पार्टीको महासमिति बैठक काठमाडौंमा गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ । रासस









प्रतिक्रिया दिनुहोस्