Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


कांग्रेसका जिल्ला सभापतिहरुको भेला ककनीमा सुरु


0
Shares

नुवाकोट, मंसिर १२ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको दुई दिने भेला आज नुवाकोटको ककनीमा सुरु हुँदै छ ।

विधान मस्यौदा समितिले बुझाएको प्रतिवेदनमा साझा धारणा बनाउन जिल्ला सभापतिहरुको भेला गर्न लागिएको हो । विधान मस्यौदा समितिमा रहेका ललितपुरका सभापति मदन अमात्य र रोल्पाका सभापति अमर पुनले मस्यौदाबारे जानकारी गराएपछि सबै सभापतिहरुले आ–आफ्नो विचार राख्ने तय भएको छ ।

विधानका विषयमा पार्टीभित्र रहेको फरक मत र समितिले संकलन गरेको सुझाव प्रतिवेदनका बारेमा छलफल गरेर एउटै निष्कर्ष निकाल्ने तयारी भेलाले गरेको छ । सभापतिहरुको भेलाले निकालेको सुझाव पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने तयारीसमेत भएको छ ।

कांग्रेसका कोषाध्यक्षहरुको भेलासमेत शुक्रबार बस्दै छ ।