१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सरकार शक्तिशाली तर केही गर्न नसक्ने बन्यो : राणा


0
Shares

काठमाडौं, मंसिर १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले वर्तमान सरकार दुईतिहाइ बहुमतको शक्तिशाली भएपनि त्यसको अस्तित्व बोध हुन नसकेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय चाबहिलमा पत्रकार सम्मेलन गर्दै उनले सरकार शक्तिशाली तर केही गर्न नसक्ने बनेको भन्दै सुधार गर्न सुझाव दिए ।

सामाजिक सुरक्षा कोष घोषणा सकरात्मक भएपनि तामझामपूर्ण प्रचारलाई उनले ‘काम गर्न नसक्नेको झ्याली’को संज्ञा दिए ।

उनले राप्रपाका विभिन्न समूहहरुबीच एकताको प्रयास जारी रहेकोसमेत बताए ।