काठमाडौं, मंसिर १३ । सरकारले भूमिगत सशस्त्र समूहहरुसँग वार्ता गर्न गठित टोलीको समयावधि थपेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोमप्रसाद पाण्डेको नेतृत्वमा रहेको वार्ताटोलीको अवधि यही मंसिर २५ गतेसम्मका लागि थपेको हो ।
यसअघि, गत भदौ ८ गतेसम्मका लागि टोलीको समयावधि तोकिएको थियो । टोलीलाई प्रतिवेदन तयार गरी बुझाउन अवधि थपिएको जनाइएको छ ।
सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको पोल्याण्ड भ्रमण स्वीकृत गरिएको पनि जानकारी गराए ।
सरकारले सामाजिक सुरक्षा योजना शुभारम्भकाक्रममा ६७ लाख रुपैयाँमात्र खर्च भएको दाबी पनि गरेको छ ।









प्रतिक्रिया दिनुहोस्