
आइतबार राधजानीमा टोटल राष्ट्रिय मासिक पत्रिका सार्वजनिक गर्दै उनले अप्ठेरो अवस्थामा नेपाली जनताले एकजुट भएर साथ दिए पनि नेताहरुकै कारण परिवर्तनहरु संस्थागत हुन नसकेको बताए ।
संविधानको रक्षा गर्न सकेमात्र देशमा शान्ति आउने भन्दै उनले त्यति दुःख गरेर बनाएको संविधान कार्यान्वनयमा कसैको ध्यान नगएको पनि बताए ।
कार्यक्रममा पूर्वसञ्चारमन्त्री मिनेन्द्र रिजालले देश विकास र जनचासोका विषय उठाउन पत्रकारहरुलाई आग्रह गरे ।
यस्तै पत्रिकाका सल्लाहकार सम्पादक धर्मेन्द्र झाले नेपाली मिडियाहरु अति नै राजनीति केन्द्रीत भएकाले सामाजिक तथा आर्थिक विषय बस्तु उठान गर्ने उद्देश्यले आफूहरु बजारमा आएको बताए ।
प्रतिक्रिया दिनुहोस्