शिवहरि भट्टराई (इमेज) राजविराज, जेठ ३१ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले मधेसका मुद्दालाई सम्बोधन गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । बिहीबार सप्तरीको राजविराजमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले दुईतिहाइ बहुमतको शक्तिशाली सरकारले दिएको आश्वासनलाई आफूहरुले विश्वास गरेको बताए । मधेस आन्दोलनका मुद्दा सम्बोधनका लागि संविधान…