काठमाडौं, जेठ २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार लोकतन्त्रको लागि खतरा रहेको बताएका छन् । ‘भ्रष्टाचारविरुद्धको अभियान र शैलजा आचार्य’ विषयक मंगलबार काठमाडौंमा भएको कार्यक्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानमा आचार्यले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे । लोकतन्त्रको अनुभूति भ्रष्टाचारको अन्त्यबाट गर्नसकिने भन्दै उनले भ्रष्टाचार अन्त्यका लागि नेपाली कांग्रेसले खबरदारी गर्ने बताए ।…