काठमाडौं, पुस १९ । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. डिला संग्रौलाले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने सरकारले देशलाई कसरी समृद्ध बनाउन सक्छ भन्ने प्रश्न गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले गम्भीर विषयमा बहस गरेर संसदलाई निकासको थलो बनाउनुपर्ने आवश्यकता औंल्याइन् । उनले भनिन्, ‘सरकार असक्षम भइसकेको छ, काण्डैकाण्डमा मुछिएको छ, समृद्ध नेपाल र सुखी नेपाली भनेर नारा लगाउने सरकार भ्रष्टाचार नियन्त्रण गर्न सकिरहेको छैन ।’
उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले चासो नदेखाएको आरोपसमेत लगाइन् । ‘निर्दोषीलाई दोषी ठह¥याउने प्रयास गर्ने, कहिले हत्यारा पत्ता लाग्न थाल्यो भनेर उपप्रधानमन्त्रीले भन्ने, अनि विपक्षीका कारण हत्यारा पत्ता लाग्न सकेन भनेर प्रधानमन्त्रीले भन्ने !’ उनले भनिन् ।
नयाँ युगको नाममा प्रधानमन्त्रीले पोल पोलमा आफ्नो पोस्टर टाँस्न लगाउने अनि, निर्मलालाई न्याय माग गर्दै टाँसिएको पोस्टर हटाउन लगाउने गर्दैमा देश नयाँ युगमा नपुग्ने उनको भनाइ थियो । उनले नयाँ युगका लागि राष्ट्रिय बहस प्रारम्भ गर्न संसदलाई एउटा थलो बनाउन सकिने बताइन् ।









प्रतिक्रिया दिनुहोस्