काठमाडौं, पुस १८ । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य बुधबार मनोनीत गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलको सचिवालयकाअनुसार सभापति देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ (ललितपुर), डा. डिला संग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट) र पार्वता डिसी चौधरी (दाङ)लाई कांग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनीत गरेका हुन् । रासस









प्रतिक्रिया दिनुहोस्