२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘उपलब्धिको प्रतिक्षामा छौं’


0
Shares

काठमाडौं, पुस २१ । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन गराउने विषयमा राष्ट्रिय जनता पार्टीसँग आफूहरुको कुनै प्रतिस्पर्धा नरहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार ११ बुँदे ‘स्मरणपत्र’ बुझाएपछि हामीसित कुरा गर्दैै सहअध्यक्ष श्रेष्ठले संविधान संशोधन जसले गराएपनि आफूहरु उपलब्धिको प्रतिक्षामा रहेको बताए ।

संविधान संशोधनका लागि दुईपक्षीय कार्यदल बनाउन प्रधानमन्त्री ओलीसित आग्रह गरेको र त्यसमा उनी सकारात्मक रहेको श्रेष्ठले बताए ।