विराटनगर, पुस २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘वाइडबडी’ विमान खरिद प्रकरणमा घोटाला भएको आशंका भएकाले कसैलाई पनि देशको सम्पत्ति लुट्न नदिइने बताएका छन् ।
नेपाल राष्ट्रिय मगर संघले शनिबार मोरङमा गरेको प्रदेश नम्बर–१ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै उनले वाइडबडी प्रकरणमा भ्रष्टाचार गर्ने जोसुकै भएपनि कांग्रेसले नछाड्ने चेतावनी दिए ।
कांग्रेस सभापति देउवाले सरकारले उच्चस्तरीय जाँचबुझ आयोग बनाएकाले दोषी लुकाउन खोजेको भन्दै शंका व्यक्त गरे ।
फरक प्रसंगमा उनले वर्तमान ओली सरकारले जनतालाई शान्ति–सुरक्षासमेत दिन नसकेको आरोप लगाए ।










प्रतिक्रिया दिनुहोस्