प्रज्ञा तिमल्सिना/दिलिप पोखरेल (इमेज) काठमाडौं, असार १ । तत्कालीन माओवादी कार्यकर्ताबाट मारिएको छोराका हत्याराका लागि कानुनको कठघरामा ल्याउन माग गर्दै वर्षौंदेखि सत्याग्रहमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीको आत्मकथा ‘न्यायको अवसान’ सार्वजनिक गरिएको छ । गंगामाया अधिकारी बचाऊ अभियानको सहयोगमा पत्रकार एवं लेखक घनश्याम खड्काले गंगामायाको आत्मकथा लेखेका हुन् । छोराका हत्यारालाई कारबाही गर्न माग गर्दै…