Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


डा. केसीका सबै माग पूरा भइसके, उत्सव मनाउनुपर्ने बेला हो : सन्चारमन्त्री


0
Shares

काठमाडौं, पुस २६ । सरकारले डा. गोविन्द केसीका सबै माग पूरा भइसकेको दाबी गरेको छ ।

पछिल्लो मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘उत्सव मनाउनुपर्ने समयमा डा. केसी अनशन बसेको’ भन्दै अनशनको नाममा के–कस्तो खिचडी पाकिरहेको छ  पत्ता लगाउन पत्रकारहरुलाई आग्रह गरे ।

तथ्यांक गलत नभएको दाबी

नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रकरण सरकारले गठन गरेको आयोगको प्रतिवेदन आएपछिमात्र किनारा लाग्ने भन्दै उनले प्रधानमन्त्रीले संसदमा पेस गरेको तथ्यांक गलत नभएको दाबी गरे ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको सम्बन्धमा प्रधानमन्त्री र पार्टी अध्यक्षले शेर्पालाई ‘निकास दिन’ भनिसकेको बताए ।

पत्रकार सम्मेलनमा उनले यही पुस १९ र २३ गते बसेको मन्त्रिपरिषद बैठकका १४ ओटा निर्णय सार्वजनिक गरेका थिए ।

बैठकले राष्ट्रिय जीवनका विभिन्न व्यक्तिहरुको मर्यादाक्रमसमेत स्वीकृति गरेको जनाइएको छ ।