४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024


‘राजा आऊ देश बचाऊ हैन, अब जनता आऊ राजा ल्याऊ’


0
Shares

काठमाडौं, पुस २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपत्यका संयोजक कैलाश कटुवालले मुलुकको समृद्धिका लागि राजा आवश्यक रहेकोमा जोड दिएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको उपत्यका भेलामा उनले राजासहितको नेपालबाट मात्र नेपालीको समृद्धि हुने बताए । उनले अब राजा आउने र देश बचाउने हैन, जनता आएर राजा ल्याउने दावी गरे ।

कटुवालले नयाँ नेपाल निर्माणको लागि नयाँ परिवेशबाट अगाडि बढनु पर्ने भन्दै समय धेरै अगाडि बढीसकेकाले पुरानो हैन, नयाँ बिचार, चिन्तन र नाराबाट मुलुकको समृद्धि सम्भव भएको बताए । उनले भाषण र उखान टुक्काले मुलुक नबन्ने प्रष्ट पार्दै काम गरेरमात्र परिवर्तन सम्भव हुने धारणा राखे ।

युवाहरुलाई मुलुक निर्माणमा जुट्न आग्रह गर्दै उनले विकास निर्माणको कामले गति लिन नसकेको गुनासो गरे । उनले राजा ल्याउने अभियानमा सरिक हुन युवाहरुलाई आग्रहसमेत गरे ।

हिन्दु राज्यको पुनर्स्थापनाबाट मात्र मुलुकको हित हुने भएकाले युवा पुस्तालाई हिन्दु राज्यको महोल बनाउन उनले आह्वान गरे ।

भेलामा प्रदेश नम्बर–३ का राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका प्रतिनिधि सहभागी थिए ।