२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘रेशम चौधरीको शपथ विधिसम्मत् भएन’


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, पुस २१ । पुर्पक्षका लागि थुनामा रहेका कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीको शपथ यतिखेर विवाद र चर्चाको केन्द्रमा छ ।

एकातिर टीकापुर घटनाका पीडितहरुले न्याय नपाउनु र अर्कोतिर घटनाका मुख्य आरोपीलाई ससम्मान शपथ खुवाउनुले धेरैतिर तरंग नै सिर्जना गरेको छ ।

गत बिहीबार थुनामा रहेका रेशम चौधरीलाई सांसद पदको शपथ खुवाइयो ।

२०७२ साल भदौ ७ गते ८ जनाको ज्यान जानेगरी भएको निर्मम घटनाका प्रमुख नाइकेका आरोपित भएका चौधरीको शपथ विवाद र चर्चाको घेरामा छ ।

कतिपयले त यसलाई संविधानकै धज्जी उडाइएको भनेर पनि टिप्पणी गरिरहेका छन् । निर्मम हत्याको घाउ अझै पुरिएको छैन ।

दोषीलाई कारबाही गर्नुको साटो सम्मानपूर्वक शपथ खुवाउनुले कानुनको खिल्ली उडेको कन्चनपुरका अधिकारकर्मी गोविन्दराज जोशीको टिप्पणी छ ।

चौधरीलाइ जेलबाट निकालेर सांसद पदको शपथ गराउनुले संविधान, कानुनी शासनको उल्लंघन भएको कन्चनपुरका स्थानीय पदमराज जोशीको बुझाइ छ ।

अदालतको फैसला आउनै बाँकी भएकाले यस विषयमा धेरै टिप्पणी गर्नु त उचित नहोला । तर, पहिले नियम नमिल्ने भन्दै शपथ नखुवाइनु र अहिले सोही परिस्थितिमा चौधरीलाई शपथ खुवाउनुले भने प्रश्न उब्जिएकै छ । 

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि सरकारले बाध्य भएर उससँग भएको सम्झौता पालना गर्न बाध्य भएको कतिपयको टिप्पणी छ ।

तर, राजपाबिना पनि सरकारको पर्याप्त बहुमत रहेकाले सरकारलाई बाध्यकारी अवस्था नभएको स्पस्टै छ ।

अर्कोतिर सत्तारोहणकाक्रममा भएका सम्झौता पनि विधि, नियम र कानुनको खिलापमा छन् या छैनन् विचार गर्नुपर्छ ।

भिडियो हेर्नुहोस्