Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


हिन्दूराष्ट्र कायम गराउनुपर्ने प्रस्तावसहित राप्रपाद्वारा संविधान संशोधन विधेयक दर्ता

राप्रपाले ‘धर्मनिरपेक्ष राष्ट्र’को व्यवस्था हटाएर ‘हिन्दूराष्ट्र’ कायम गर्नुपर्ने भन्दै आइतबार व्यवस्थापिका–संसद संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको हो । राप्रपाका ६ जना सांसदले दर्ता गराएको संशोधनमा संविधानको धारा–४ को उपधारा–१ मा रहेको धर्मनिरपेक्ष भन्ने व्यवस्थाको साटो ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र’ भन्ने वाक्यांश राख्न प्रस्ताव गरिएको छ ।