
उनीहरुले तराई–मधेसमा पनि स्थानीय निर्वाचनको वातावरण बनाउन सदनमार्फत् सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरुले नेपालको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट मारिएका गोविन्द गौतमका परिवारलाई थप राहत दिन माग गरे ।
यसरी आफ्नो धारणा राख्नेमा शेरबहादुर तामाङ, सकलदेव सुतियार, सूर्यप्रकाश बाला राई, सञ्जयकुमार गौतम, डा. सुबोध पोखरेल, हर्कबोल राई, हरिप्रसाद नेपाल र हरिबहादुर राजवंशी थिए ।
‘बजेट बाहिरबाट रकम निकासा’
संसदको आइतबारको बैठकमा सभामुखसित समय लिइ नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेले सरकारले बजेट कार्यान्वयनमा ध्यान नदिइ चितवन, रोल्पालगायत जिल्लामा बजेटभन्दा बाहिरबाट करोडौं रकम निकासा गरेको आरोप लगाए ।
उनले आर्थिक अनुशासन कायम राख्न र योजनामा परेका कार्यक्रमलाईमात्र रकम विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसका दिवानसिंह विष्टले ‘नेपालको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोलीबाट मारिएका गोविन्द गौतमको परिवारलाई थप राहत दिन र अबदेखि यस्तो घटना हुन नदिन सरकारले ध्यान दिनुपर्छ’–भने ।
नेकपा माओवादी केन्द्रका उमेश यादवले सप्तरीमा आन्दोलनकारीले आन्दोलनलाई किन नियन्त्रणमा लिन सकेनन् भन्ने प्रश्न गरे ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले भारतीय सुरक्षा बलले दाङ जिल्लाको नेपाली भूमिमा ज्यादती गरेको भनी सरकारको ध्यानाकर्षण गराए ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दशगजाभन्दा वर नेपाली भूमिमा भारतले विकास–निर्माण गर्न अवरोध गर्दा सरकार मौन बसेको आरोप लगाए ।
नेकपा एमालेका काशीनाथ अधिकारी र पुरुषोत्तम पौडेलले नेपाल र भारतका सीमालाई व्यवस्थित गर्न माग गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीकुमारी शाहीले आफ्नो पार्टीको घोषणापत्रमा रहेका ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दूराष्ट्र’ भन्ने शब्द निर्वाचन आयोगलाई हटाउने अधिकार कसले दियो ? भन्ने प्रश्न गर्दै आयोगको सो काम तत्काल फिर्ता लिन माग गरिन् ।
नेपाली कांग्रेसका शेषकान्त अधिकारीले चितवन जिल्लाको शक्तिखोरमा औद्योगिक क्षेत्र घोषणा गर्दा ध्यान दिन आग्रह गरे ।
सांसद लक्ष्मण राजवंशी र तप्तबहादुर विष्टले पनि समसायिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्