काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै विकासप्रतिको जनताका आकांक्षा बढेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ‘प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर’ कालमा उनले राजनीतिक परिवर्तनपछि संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी संविधानजस्ता ऐतिहासिक उपलब्धि हासिल भएको सन्दर्भमा जनआकांक्षा बढ्नु स्वाभाविक भएको बताए । देशको समग्र विकासका लागि सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा…