चितवन, असार ४ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकढिक्का बनाउनु मुख्य चुनौती रहेको बताएका छन् । सोमबार चितवनको भरतपुरमा नेपाल दलित संघले आयोजना गरेको प्रदेशस्तरीय दलित प्रतिनिधिहरुका लागि दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र ‘एकता’ कसरी गर्ने भन्ने ठूलो प्रश्नचिह्न खडा भएको बताए । उनले आफू जहिल्यै पनि पार्टी एकढिक्का हुनुपर्ने…