काठमाडौं, माघ २ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो भूमिकाका कारण चिकित्सा शिक्षाको क्षेत्रमा समस्या आएको ठहर गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ललितपुर, सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी डा. गोविन्द केसीका मागको सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्दै डा. केसीका माग पूरा गराउन सडक र सदनबाट दबाब दिने बताए ।
तत्काल पुराना सहमतिमा फर्कन र समाधानमा पुग्न सरकारलाई कांग्रेसले सचेतसमेत गराएको छ ।
राज्यले आफ्नो एकांगी हठ त्यागेर विज्ञहरुको निष्कर्षलाई आत्मसात् गर्नुपर्ने मागसमेत कांग्रेसको रहेको छ ।
सरकारकासामु चौतर्फी दबाब पर्खने वा समाधान दिने भन्ने दुईओटा विकल्पमात्रै रहेको पनि शर्माले बताए ।
कांग्रेसले जारी गरेको प्रेस विज्ञप्तिमा ‘चिकित्सा शिक्षा सुधारका लागि कांग्रेस सरकारले जारी गरेको अध्यादेश हुबहु कार्यान्वयन गरेको भए चिकित्सा शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने थियो’ भनिएको छ ।
सभापति शेरबहादुर देउवाको बचाउ
यस्तै, कांग्रेसले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रकरणमा गहिरो छानबिन हुनुपर्ने माग पनि गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको बचाउ गर्दै प्रवक्ता शर्माले छानबिन प्रक्रिया आग्रह, दबाब र प्रभावबाट मुक्त हुनुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्