शंकर खनाल र उत्तम मानन्धर (इमेज)
काठमाडौं, माघ २ । मुलुकको संवाहककारुपमा हेरिने युवाहरु राष्ट्रिय चासोका मुद्दाहरुमा उदासीनझैं देखिन थालेका छन् ।
युवाहरु पार्टीको कार्यकर्ता र आन्दोलनकारीकारुपमामात्र चित्रित भएका छन् ।
राज्यले उचित जिम्मेवारी दिन नसक्दा अधिकांश युवाहरु भूमिकाविहीन भएका हुन् ।
राज्यले युवाहरुलाई देशको कर्णधारकारुपमा मानेको छ । तर, त्यहीअनुसारको जिम्मेवारी दिएको छैन ।
कमै युवाहरुमात्र राज्यको नीति निर्माण तहमा पुगेपनि अधिकांश युवाहरु बाहिरै छन् ।
देश बनाउने युवा शक्ति र जोशलाई राज्यले बेवास्ता गर्दा उनीहरु पनि राज्यप्रतिको आफ्नो दायित्वबाट टाढिँदै गएका छन् ।
उनीहरुले मुलुक निर्माणमा न आफ्नो भूमिका निर्वाह गर्न सकेका छन्, न त बढ्दो बेथिति, अनियमितता र भ्रष्टाचार अन्त्यका लागि खबरदारी नै गर्न सकेका छन् ।
युवा नेतृत्व केवल आफैंभित्र रुमलिँदै छ । उनीहरु पार्टी कार्यकर्ताको सामान्य भूमिकाभन्दामाथि उठ्न नसक्दा भ्रष्टाचार नियन्त्रण, सुशासन र कानुनी राज्य निर्माणका लागि आफ्नो क्षमता देखाउन नसकेका हुन् ।
बौद्धिक युवाहरु आफ्नो ज्ञान र सीप बाहिरी मुलुकमा प्रयोग गर्न विवश छन् ।
पार्टीगत राजनीतिमा क्रियाशील धेरैजसो युवाहरुलाई पनि पार्टीले आफ्नोअनुकूलमात्रै प्रयोग गर्दै आएको छ ।
तर, अहिले आएर केही युवाहरु भने मुलुकमा बढ्दै गएको बेथितिप्रति मोर्चाबन्दी गरेर अगाडि बढ्न थालेका छन् ।
त्यसो त युवाहरु आफैंपनि दलगत राजनीतिबाटमाथि उठ्न सकेका छैनन् । दलगत राजनीतिको दलदलमा फस्दा मुलुक निर्माणमा आफ्नो दायित्वबाट उनीहरु विभुख भएका हुन् ।









प्रतिक्रिया दिनुहोस्