Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई आज सांसदहरुले प्रश्न गर्ने


0
Shares

काठमाडौं, माघ ४ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधा प्रश्नोत्तर कार्यतालिका राखिएको छ ।

आज मध्यान्ह १२ बजेका लागि डाकिएको संसद बैठकमा प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको संसद सचिवालयले जनाएको छ । गत पुस २२ गते प्रधानमन्त्रीले संसदमा संम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले प्रश्न राख्न नपाएको भन्दै संसद बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुखले संसद नियमावलीअनुसार अघि बढ्न सरकारलाई रुलिङ गरेका थिए ।

प्रधानमन्त्रीसँग प्रश्न राख्न चाहने सांसदले १ घण्टा अघि नै संसद सचिवालयमा प्रश्न टिपाउनुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीलाई सोधिएको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले समेत जवाफ दिन पाउने सुविधा राखिएको छ । ओलीले आज संसदमा आफ्नो आसन्न स्विटजरल्याण्ड भ्रमणको जानकारी पनि दिनेछन् ।