२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


निर्वाचन गराउन सरकारले खुट्टा कमाउनु हुँदैन : ओली


0
Shares

एमालेको बाँके प्रचार विभागद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘कुनै दल, कथित मोर्चा र कुनै समूहले निर्वाचनको विरोध गर्छन् भने पनि निर्वाचन रोक्ने अलोकतान्त्रिक चरित्र सरकारले प्रस्तुत गर्नु हुँदैन । निर्वाचनका लागि सरकार दरो भएर प्रस्तुत हुनुपर्छ, सरकार लुलो र फितलो भएर प्रस्तुत भयो भने निर्वाचन नचाहनेलाई त्यसले फाइदा पुर्‍याउँछ ।’

उनले संविधानले कसैलाई भेदभाव नगरेको बताउँदै तराईका जनतालाई संविधानको विरुद्ध अल्मल्याइएको आरोप लगाए । ‘यही अवस्थालाई दृष्टिगत गरी एमालेले मेची–महाकाली अभियान सञ्चालन गरेको हो,’ उनले भने ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफ्नो दलको अहिले एउटै मूल उद्देश्य निर्वाचन भएकाले त्यसअघि सत्ता हेरफेर प्रयासमा नलाग्ने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोखरेलले कुनै पनि अवस्थामा आफ्नो दल संविधान संशोधनको पक्षमा नजाने अडान दोहोर्‍याउँदै संशोधन केका लागि भन्ने प्रश्नको जवाफ पहिले जनतालाई स्पष्टसँग भन्न सक्नुपर्नेमा जोड दिए । (रासस)