२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मधेसी मोर्चाद्वारा फेरि संसद बैठक बहिस्कार


0
Shares

सभामुख ओनसरी घर्तीले सदनको आइतबारको बैठक सुरु गर्नासाथ मोर्चामा आबद्ध दलका सांसदहरु आ–आफ्ना स्थानबाट उठेका थिए ।

सोक्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीका जंगीलाल यादवले ‘राजनीतिक वातावरण नबनाइ सरकारले स्थानीय निर्वाचन घोषणा गरेकाले’ मधेसका जनतामा आक्रोश आएको आरोप लगाए ।

उनले संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुन नसक्ने जनाउँदै सहमति र सहकार्यबाट संविधान संशोधन गर्न माग गरे ।

सांसद यादवले आफ्नो भनाइ समाप्त गरेपछि मधेसी मोर्चामा आबद्ध दलका सांसदहरु सदनको आइतबारको बैठकबाट बाहिरिएका थिए । रासस