गोरखा, साउन १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेन्डामा बहस गर्ने बेला आएको बताएका छन् । प्रगतिशील लेखक संघ गोरखाले शनिबार गोरखा सदरमुकाममा आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित ‘संघर्षको इतिहास’ पुस्तकको परिचर्चा कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् । नेता भुसालले इतिहासलाई हेरेर नभइ नेपाली जनताको…