काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्रा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।
नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले आज सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।
नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्रकृतिक सम्बन्ध भएकोले नेपाल भारत बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्