काठमाडौं, साउन २१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नियम मिचेर सरकारी जग्गामा कार्यालय राखेको भन्दै विरोध गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा कांग्रेसकी सचेतक पुष्पा भुसालले नियम मिचेर नेकपाले सरकारी जग्गामा पार्टी कार्यालय राखेर उपभोग गरिरहेको भन्दै आपत्ति जनाएकी हुन् । धुम्बाराहीस्थिति पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानलाई…