सरोज अधिकारी काठमाडौं, साउन २० । नेपाली कांग्रेस केन्द्रीय समितिले निर्देशिका बनाएर अन्तरकालीन व्यवस्थाको टुंगो लगाउने निर्णय गरे पनि पुनः विवाद बल्झिएको छ । निर्देशिकामा राखिने व्यवस्थाका विषयमा नेताहरुका फरक–फरक अडान देखिएपछि कांग्रेसमा विवाद बल्झिएको हो । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच अन्तरकालीन निर्देशिका बनाएर आगामी मंसिरसम्म पार्टी संरचना बनाउँदै क्रियाशील सदस्यता वितरण गर्ने र महाधिवेशनको…