Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


अन्योलमै नेकपा सिफारिस


0
Shares

यज्ञराज पाण्डे र राममान डंगोल (इमेज)

काठमाडौं, फागुन २७ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा पछिल्लो समय पार्टी सचिवालय र प्रधानमन्त्रीको फरक मत आएको भएपनि गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन भइछाड्ने विश्वासमा नेकपा नेताहरु रहेका छन् ।

राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले मनोनयन गर्ने व्यक्तिको विषयमा सरकारले अहिलेसम्म कसैको नाम सिफारिस गरेको छैन ।

नेकपा सचिवालयले वामदेव गौतमको नाम प्रस्ताव गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदावधि समाप्त भएका युवराज खतिवडालाई नै अर्थमन्त्रीमा पुनः नियुक्त गरेपछि अन्योल झन् बढेको छ ।

तर, ओलीइतरका नेताहरु भने पार्टी सचिवालयको निर्णय नै अन्तिम हुने बताइरहेका छन् ।

नेकपा स्थायी समिति सदस्य युवराज ज्ञवाली सचिवालयको निर्णय नै अन्तिम हुने भन्दै उक्त निर्णय नउल्ट्याएसम्म वामदेवलाई लैजाने पक्का रहेको बताउँछन् ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि ‘अपरेसन’कक्षमा छिर्नुअघि अर्थमन्त्रीमा पुनः नियुक्ति पाएका खतिवडा संवैधानिकरुपमा सांसद छैनन् ।

सांसद नरहेको अवस्थामा पनि ६ महिनासम्म मन्त्री बन्नसक्ने प्रावधानअन्तर्गत् खतिवडालाई मन्त्री बनाइएको र उनी मन्त्री बनेका कारण वामदेवले रोकिनुपर्ने अवस्था नहुने ज्ञवालीको तर्क छ ।

जहाँसम्म वामदेवलाई राष्ट्रियसभामा लैजान किन ढिला भयो भन्ने प्रश्न छ, प्रधानन्त्रीको नेतृत्व रहने मन्त्रिपरिषद्ले राष्ट्रपतिमा सिफारिस गर्ने भएकाले प्रधानमन्त्री पूर्णरुपमा निको भइसकेपछि सचिवालयको निर्णय कार्यान्वयन हुने उनको विश्वास छ ।

नेकपाभित्रका विभिन्न पक्षले आ–आफ्नै ढंगले व्याख्या गरिरहे पनि प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि अघि बढ्ने नेकपाभित्रको राजनीतिक समीकरणले वामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने/नबन्ने फैसला गर्ने विश्वास गरिएको छ ।

भिडियो हेर्नुहोस्