Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


बाँस्कोटाको घरमा विष्फोट गराउनेलाई नेकपा अध्यक्ष दाहालले दिए ‘आतकंकारी’को संज्ञा


0
Shares

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले उक्त आपराधिक क्रियाकलापको घोर निन्दा र भत्र्सना गरेका छन् ।

अध्यक्ष दाहालले विस्फोट गराउनेलाई आतङ्ककारीको संज्ञा दिँदै घटनामा संलग्नलाई तत्काल खोजी गर्न माग गरेका छन् ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँट नजिकै बाँस्कोटाको निर्माणाधीन घरको पर्खालमा आज बिहान पौने आठ बजे प्रेसर कुकर बम विस्फोट भएको थियो ।

विष्फोटबाट घरको पर्खाल र सीसामा क्षति पुगेको भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए ।

विष्फोटका कारण नजिककै दुई वटा घरको झ्यालको सिसा र एउटा भ्यानमा पनि क्षति पुगेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा एक विचौलियासँगको अडियो सम्वाद बाहिरिएपछि बाँस्कोटाले फागुन ८ गते राजीनामा दिएका थिए ।

उनी मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्रीको निजी निवासमा बस्दै आएका छन् ।