Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा अधिकारी


0
Shares

काठमाडौं, फागुन २७ । नेपाली कांग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ ।

पार्टीका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा मंगलबार राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गरेका हुन् ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधानबमोजिम अधिकारीलाई मनोनयन गरेको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए । रासस