काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पर्शुराम तामाङले राष्ट्रिय गौरवका आयोजनाहरूले उत्पादन र रोजगारीको क्षेत्रमा अपेक्षित योगदान पुर्याउन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सांसद तामाङले ठूला आयोजनाहरूले मुलुकको अर्थतन्त्र र नागरिकको जीवनस्तरमा कस्तो प्रभाव पारे भन्ने विषयमा गहन विश्लेषणको अभाव रहेको उल्लेख गर्नुभयाे…