काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनले संघीय संसद् भवन प्रयोग गरेकोमा आपत्ति जनाउनुभएको छ । सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सभामुले कानुनभन्दा नाघेको आरोप लगाउनुभएको छ । ‘संसद भवनलाइ संसदीय क्रियाकलापबाहेक अरु कुराका लागि प्रयोग गर्न दिइँदैन’ उहाँले भन्नुभयो, ‘तथाकथित बुद्धिजिवी भेला, तथाकथित पत्रकार सम्मेलनजस्ता बकवासी क्रियाकलाप गर्नका लागि अन्तर्राष्ट्रिय…