१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


दाहाल पार्टीको लाइन छाडेर पलायन भएः बादल

दाहालसँग चुनावमा प्रतिपर्धा गर्न तयार

0
Shares

चितवन । नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा बादलले पुष्पकमल दाहाल पार्टीको लाइन छाडेर पलायन भएको बताउनुभएको छ ।

प्रेस चौतारी चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बादलले एकता भएको पार्टीबाट पलायन भएर दाहालले नयाँ गुट स्थापना गरेको आरोप लगाउनुभयो ।

दाहालले नेपालको बुर्जुवाहरुको पछाडी लागेर कम्फरटेवल सरकार निर्माण गरेको र यो प्रवृत्तिले देशको लोकतन्त्र, राष्ट्रिय एकता र समाजवादबाट समृद्धिको मार्गमा नयाँ चुनौति थपेको उहाँको भनाई थियो ।

दाहालसँग चुनावमा प्रतिपर्धा गर्न आफू तयार रहेकाे भन्दै उहाँले अहिलेकाे लाइन भनेको राष्ट्रियता, समाजवाद, समृद्धि हो भन्नुभयाे । अहिलेको गठवन्धनले राष्ट्रियताको प्रश्नमा नयाँ चुनौति थपेको पनि उहाँकाे धारणा थियाे ।

लिम्पियाधुरा, एमसीसी लगायतका विषयमा छिमेकी राष्ट्रको अहित हुने गरी नबोल्न गृहमन्त्रालयले सार्वजनिक गरेको पत्रले यो गठवन्धन किन र कसरी के का लागि बनेको भन्ने प्रष्टै रहेको बादलले बताउनुभयो ।

यो लोकतन्त्र विरोधी लाइन भएको भन्दै अर्थ मन्त्रालयले आर्थिक स्रोत खुलाउन नपर्ने भन्ने पछिल्लो भनाईले देशमा कालोधन मौलाउने बाटो खुला गरिदिएको उहाँको भनाई थियो ।

साथै बादलले १० बुँदे कार्यान्वयनको चरणमा रहेको बताउँदै आफू रहेको पार्टी नै ठूलो पार्टी भएको बताउनुभयो । अर्को प्रसंगमा बादलले सभामुख साझा व्यक्ति नभई कुनै एक पार्टीको कार्यकर्ता बनिदिँदा समस्या भएको बताउनुभयो । -अद्यावधिक गरिएकाे