काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किन लाग्नुभएकाे छ ।
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो । उहाँले हिजो महासभालाई सम्बोधन गर्दै नेपालको प्राथमिकता तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा धारणा राख्नुभएको थियो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनका कारण बढ्दै गएको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनले सीमा नचिन्ने भन्दै नेपाल, भारत र चीनको नेतृत्वमा सामुहकि सहकार्यको प्रस्ताव गर्नुभयो । प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित गर्न नहुने धारणा पनि राख्नुभयाे ।
महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्