Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


ओखलढुंगामा पहिरोका कारण तीन परिवार विस्थापित


0
Shares

शुभकला राई, ओखलढुंगा । ओखलढुंगामा पहिरोका कारण तीन परिवार विस्थापित भएका छन् । जिल्लाको चम्पादेवी गाउँपालिका ५ को पुरानो गाउँमा वर्षापछि पहिरो झरेर घरमा क्षति भएपछि उक्त परिवार विस्थापित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार आज असोज १० गते बिहान ११ बजेको समयमा अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले तीन घरमा क्षति पुर्‍याएको हो ।

पहिरोका कारण स्थानीय बलबहादुर दमाई, पेशल दर्नाल र कुमार दर्जीको एक तले घरमा सामान्य क्षति पुगेको छ । पहिरोका कारण घरमा बस्न जोखिम भएपछि उनीहरूलाई आफन्तको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक शेखरकुमार शाहले जानकारी दिनुभयो ।

Skip This