काठमाडौं । चर्चित गायीका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । फेसन डिजाइनर शरद केडियासँग खुम्बुमा पुगेर उनले इन्गेजमेन्ट गरेकी हुन् ।
सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रन वेमा भाग लिन पुगेका इन्दिरा र शरदले इन्गेजमेन्ट गरेका हुन् ।
उनीहरु हेलिकोप्टरमार्फत खुम्बु पुगेका थिए । अहिले पनि उनीहरु त्यही क्षेत्रमा छन् । शरदले इन्दिरालाई औंठी लगाइदिएको भिडियो समेत सार्वजनिक भएको छ। शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिएका छन् भने इन्दिराले खुशी हुँदै स्वीकारेकी छिन् ।
इन्दिराले फेसबुकमा लेखेकी छन् ‘उनले सेाधे के तिमी विवाह गर्छौं, अनि मैले भने एस , म तिमीलाई माया गर्छु शरद।’ उनीहररु केही समययता ‘डेट’ गर्दै आएकाे भनिएपनि इन्दिराले प्रेम प्रस्ताव स्वीकार नगरेर विवाह स्वीकार गरेकाे बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्