Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


नेपाली बजारमा घट्याे आज सुनकाे मूल्य


559
Shares

‍काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।

आइतबार प्रतितोला २ हजार एक सय रूपैयाँले बढेको सुनको मूल्य साेमबार तोलामा १ हजार ३ सय रूपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भएको थियाे।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। चाँदी आइतबार प्रतितोला ४ हजार ७ सय ९५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी साेमबार तोलामा ४ हजार ८ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला १० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस ४ हजार ३ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।