काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १ दशमल ५ डिग्री सेल्सियसमा सीमित राख्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) का लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा प्रधानमन्त्री देउवाले तापक्रम वृद्धिदरमा सीमितता राख्न त्यही रूपमा…