६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


व्यापारी हत्यामा संलग्न चारजना सार्वजनिक


0
Shares

बैतडी, असोज ८ । बैतडीका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संंलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

सुर्नया गाउँपालिका ५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका ४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई सार्वजनिक गरिएको हो । यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको भएपनि अन्य तीनजनाको संलग्नता नदेखिएकोले छाडिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक, बोधराज ओझाले जानकारी दिनुभयो ।

सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका महरा बिहीबार बिहान मृत फेला परेका थिए । मृतकको टाउको, छाती र शरिरका अन्य भागमा चोट चोट देखिएपछि प्रहरीले अनुसन्धान तीब्र बनाएको थियो ।

पक्राउ परेका चारैजना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन् । उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता भइ बैतडी जिल्ला अदालतबाट सात दिन म्याद थप गरिएको छ । मृतक महराको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको छ ।