आइपीएल क्रिकेटमा कोलकाताद्धारा मुम्बई ७ विकेटले पराजित « Image Khabar


आइपीएल क्रिकेटमा कोलकाताद्धारा मुम्बई ७ विकेटले पराजित


Border circle
Imagekhabar

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।

आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको १ सय ५६ रनको लक्ष्य कोलकाताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो ।

उसका लागि राहुल त्रिपाठीले अविजित ७४ रनको योगदान दिए । भेन्कटेश आयरले ५३ रन जोडे । बलिङतर्फ मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ५५ रन बनाए ।

यो जितसँगै कोलकाताले ९ खेलमा ८ अंक जोडेको छ । कोलकाता आइपिएल अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ । छैटौं स्थानको मुम्बईले ९ खेलमा ८ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्