७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


समाज कल्याण परिषदका पदाधिकारीको सामूहिक राजीनामा


0
Shares

काठमाडौं, असोज ८ । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा घोषणा गर्ने भएका छन् ।

परिषदका सदस्यसचिव पुष्कर खातीले सबै पदाधिकारीले सामूहिक राजीनामाको घोषणा गर्न लागेको सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ ।

परिषद्को कामप्रति सरकार असन्तुष्ट रहेपछि पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका हुन् । यसैबारेमा जानकारी दिन पत्रकार सम्मेलन गरिँदैछ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत पर्ने परिषदमा १० जना पदाधिकारी छन् । उनीहरु सबै जना पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका हुन् ।

पदाधिकारीहरुमा उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यसचिव पुष्कर खाती, बोर्ड सदस्यहरु नानीमैया नेपाल, गोविन्दबहादुर शाही, सुशिल ज्ञवाली, बर्मा दोज गुरुङ, मनिराम बन्जाडे, सञ्जय कुमार शाह छन् ।